काठमाडौं । धनुषामा चुनावको हारजितको विषयमा विवाद हुदाँ गोली चलेको छ । धनुषाको नगराइन नगरपालिका–८ मा काँग्रेस र एमाले समर्थक दाजुभाई बिचमा विवाद हुँदा गोली चलेको हो । चुनाव हारजितको विषयमा राजिव पासवान, धर्मेन्द्र पासवान र श्रीनारायण पासवानको बीचमा विवाद...
गोरखा । गोरखाको चुमनुव्री गाउँपालिकामा नेकपा माओवादीले मत गन्नै दिएको छैन ।माओवादी केन्द्रले फर्जी मत खसेको भन्दै मतदान सकिएको चार दिनसम्म पनि सो पालिकाको मत गन्न नदिएको हो । आइतबार मतपेटिका संकलन भएको छ । सर्वदलीय वैठकले मतगणना गर्ने निर्णय गर्न नसक्दा...
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचन परिणामबाट आत्तिनुपर्ने बताएका छन् । मंगलबार पार्टी कार्यालयमा मदन स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रारम्भिक चुनावी परिणामबाट आत्तिनुपर्ने...
पोखरा । कास्कीको मादी गाउँपालिकामा मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो मत परिणम अनुसार नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार देवी जंग गुरुङले निरन्तर अग्रता लिइरहेका छन् । नेकपा एमालेका शिव कुमार गुरुङलाई देवीले ९२९ मतले पछि पारेका छन् । देवीले...
पोखरा । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत अहिले देशभर मतगणना जारी छ । देशभर जारी मतगणनामा हालसम्म काँग्रेसले धेरै पालिका जितेको छ । कांग्रेसले हालसम्म देशभरका ११९ पालिका प्रमुख र ११४ उपप्रमुखमा जितेको छ । नेकपा एमालेले ७२ पालिका प्रमुखमा...
पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता फराकिलो पार्दै लगेका छन् । आचार्य १२ सय ८५ मतले अगाडि छन् । आज मंगलबार बिहान ८ बजेसम्म २० हजार ६६० मत गन्दा आचार्यले ८ हजार ५६३ मत ल्याउँदै...
पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता फराकिलो पार्दै लगेका छन् । आचार्य ८ सय २ मतले अगाडि छन् । सोमबार राति १० बजेसम्मको मतगणनामा आचार्यले ६ हजार २ सय ४० ल्याउँदै अग्रता...
पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका घनश्याम सुबेदी र देउकुमारी गुरुङ ‘चिजा’ निर्वाचित भएका छन् । तीन हजार ८३६ मत प्राप्त गर्दै सुबेदीले गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार रहेका कांग्रेसका लक्ष्मीप्रसाद बराललाई...
पोखरा । पोखरा महानगरमा मतगणना जारी छ । १३ हजार ६४३ मत गणना हुदाँ धनराज आचार्यले अग्रता झनै बढाएका छन् । आचार्यले ५ हजार ७४८ मत प्राप्त गरेका छन् । निकटतम प्रतित्द्धन्द्धि नेकपा एमालेका कृष्ण बहादुर थापाले ५ हजार ७८ मत पाएका छन् । आचार्यले मतान्तर बढाएर...