प्रमुख समाचार


श्रीमानद्धारा आफ्नै श्रीमती माथि ‘एसिड’ प्रहार

काठमाडौं । भक्तपुरमा श्रीमानले आफ्नै श्रीमतीमाथि ‘तेजाब’ प्रहार गरेका छन् । जिल्ला प्रहरी कार्यालय, भक्तपुरको अनुसार सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो । रसायन प्रहार गरेको अभियोेगका उनका श्रीमान् श्याम गुभाजु...

माधव नेपालले भने,‘ओलीको बितन्डा कति सहने, संसद भंग गरौँ’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् भंग गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् ।आइतबार संसद् भवनपरिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले संसद् भंग गरेर तीनै तहको निर्वाचन गर्नेमा जानुपर्ने बताएका हुन् । संसद्‌मा एमालेले...

महाभियोग सिफारिस समिति गठनः को–को परे समितिमा ? नामसहित

काठमाडौं । प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध परेको महाअभियोग प्रस्ताव सम्बन्धमा महाभियोग सिफारिस समिति गठन गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमत स्वीकृत गरेको हो । समितिमा संसद्...

प्रतिनिधिसभा बैठक जारीः महाअभियोग सिफारिस समिति गठन हुँदै

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध सत्ता गठबन्धनले ल्याएको महाअभियोग प्रस्ताव पेश गर्ने आधार र कारण विद्यमान भए–नभएको छानबिन गरी सिफारिस गर्ने प्रयोजनका लागि महाअभियोग सिफारिस समिति गठन...

माओवादीमा भागबण्डा मिलेनः आजको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बैठकको तयारी नपुगेको तथा नेताहरुबीच आन्तरिक तयारी गर्नुपर्ने भएपनि बैठक स्थगित गरिएको बताइएको छ । आजै बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि स्थान...

दमौलीमा भिषण आगलागीः हेलिकप्टर र दमकलबाट पानी खन्याउँदा पनि नियन्त्रणमा आएन

तनहुँ । तनहुँको दमौली बजारमा भिषण आगलागी भएको छ । बिहान सवा १० बजेबाट लागेको आगो झण्डै तीन घण्टा सम्म पनि नियन्त्रण सकेको छैन । दमौली चोकस्थित भुपाल हार्डवेयरबाट फैलिएको आगोबाट ४ वटा घर जलेको उनले बताए । मानवीय क्षति भने भएको छैन । सिम्रिक एयरको हेलिकप्टरले...

एमालेले प्रदेश संसद पनि अबरोध गर्नुपर्छ : सांसद विष्ट

पोखरा । गण्डकी प्रदेशसभा सदस्य एवं नेकपा एमाले गण्डकी प्रदेश समिति सदस्य इन्द्रधारा विष्टले संघीय संसदमा जस्तै गण्डकी प्रदेशमा एमालेले अबरोध गर्नुपर्ने बताएका छन् । आइतबार पोखराको रेडियो बाराहीमा पत्रकार गोविन्द सुवेदीसंगको कुराकानीमा उनले यस्तो बताएका...

सरकारका कारण राज्यका तीनवटै अंग विफल भए : नेम्वाङ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले गठबन्धन सरकारका कारण राज्यको तीनवटै अंग विफल भएको बताएका छन् । शनिवार काठमाडौँमा प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एशोसिएट प्रदेशको संयुक्त प्रथम अधिवेशनको उद्घाटन गर्दै नेम्वाङले सरकार...

छवि स्वच्छ राख्न निजामती कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐन चाँडै जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्य समितिद्धारा शनिबार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले कर्मचारी समायोजनको...