प्रमुख समाचार


कांग्रेसले आर्थिक क्रान्तिको अभियान अगाडि बढाउँछः प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख) ले आज आयोजना गरेको कार्यालय उद्घाटन कार्यक्रममा उनले संविधानको नेतृत्व गरेको पार्टी...

प्रधानमन्त्री देउवासँग अमेरिकी सांसदहरुको टोलीको भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा अमेरिकी सांसदहरुको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको छ । आज बालुवाटारमा भएको भेटमा दुई देशको सम्बन्ध सुदृढीकरण, मौसम परिवर्तनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजो नेपाल आइपुगेको टोलीले...

पोखरा महानगर उपमेयरको उम्मेदवारमा महिलाले अवसर पाउनुपर्छ : महिला संघ सभापति बराल

पोखरा । नेपाली कंग्रेसले पोखरा महानगरको उपमेयरमा पुरुष उम्मेदवार उठाउन खोजेको भन्दै महिला नेतृले विरोध गरेका छन् । गठबन्धनमा मेयर नेकपा एकिकृत समाजवादीको भागमा परे पछि कांग्रेसको भागमा उपमेयर परेको छ । मनोनयनको समय नजिकिदै गर्दा पार्टीले उपमेयरमा पुरुषलाई...

सिन्धुपाल्चोकमा गठबन्धन संकटमा, काँग्रेसले थाल्यो एमालेसँग वार्ता

नेपाली कांग्रेस सिन्धुपाल्चोकले दलको केन्द्रीय नीतिविपरीत एमालेसँग गोप्य वार्ता थालेपछि पाँच दलीय गठबन्धनमा संकट पैदा भएको छ । कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले एमालेसँग तालमेल गर्ने तयारीस्वरुप विभिन्न चरणमा वार्ता गरेकोले...

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको आज बस्ने भनिएका केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित भएको छ । अब उक्त बैठक शनिबार बस्ने भएको छ । बैठक शनिबार बिहान ११ बजेका लागि बोलाइएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसले शुक्रबारका लागि बैठक बोलाएको...

फेरि वामपन्थी एकता हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न आन्दोलनपछिको उपलब्धि जोगाउनका लागि फेरि वामपन्थी एकता हुनुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवस तथा १ सय ५२ औं लेनिन जयन्तीका अवसरमा शुक्रबार माओवादी...

नेकपा एमालेको घोषणापत्र सार्वजनिक (पुर्णपाठसहित)

नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्र मस्यौदा समितिका संयोजक एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्रका प्रमुख विशेषताबारे जानकारी दिइरहेका छन् । यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा...

उम्मेदवार सिफारीसमा विरोध जनाउदै कांग्रेस क्षेत्रीय सभापतिले दिए राजीनामा

बुटवल । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले पार्टीबाट राजिनामा दिएका छन्। स्थानीय तह निर्वाचन सन्दर्भमा बुटवल उपमहानगरको मेयरको उम्मेदवार छनोटमा लम्सालले असन्तुष्टि व्यक्त गदै आएका थिए । पार्टी नेतृत्वले कार्यकर्ताको भावना...

मेयरमा उम्मेदवार हुन उपसचिवबाट राजीनामा

नवलपुर । नेपाल सरकारका उपसचिव विष्णुप्रसाद भुसाल राजीनामा दिएर राजनीतिमा होमिएका छन् । नवलपुरको देवचुली नगरपालिकामा मेयरको उम्मेदवार बन्नका लागि उनले उपसचिव पदबाट राजीनामा दिएका हुन् । संघीय मन्त्रालयमा कार्यरत भुसालले शुक्रबार राजीनामा दिएका हुन् ।...