पोखरा । पुन युनाइटेड क्लब नदीपुरको आयोजनामा शिबरात्रीको अवसरमा यही फागुन अन्तिम साता बास्केटबल प्रतियोगिता हुने भएको छ । पुन समाज रामघाटको बास्केटबल कोर्टमा खुल्ला पुरुष, भेट्रान्स र महिला बास्केटबल प्रतियोगिता हुने भएको हो । पुरुषतर्फ हुने बास्केटबल...
पोखरा । माछा मार्ने क्रममा बेपत्ता भएका मान बहादुर तामाङको खोजीका लागि अहिले सेति नदिको ड्याम खोलिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । आज बिहान १० बजेर २० मिनेटको समयदेखि पोखरा महानगरपालिका वडा नम्बर १६ दिप स्थित रहेको ड्याम खोली सेती...
पोखरा । पोखराको बागलुङ बसपार्कमा काठको मुडाले हानी दुई जनालाई घाईते बनाउने युवक पक्राउ परेका छन् । फागुन १५ गते मंगलबारको दिन पोखरा महानगरपालिका वडा नम्बर २ बागलुङ बसपार्कमा सोही स्थानमा बस्ने वर्ष ७० का देव राउत र ६० वर्षीया रुकमणी श्रेष्ठलाई काठको...
पोखरा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली...
पोखरा । पोखराका एक दम्पतीले आफ्नो छोराको जन्म दिनको अवसरमा स्वास्थ्य शिविर गरेका छन् । पोखरा–१३ निवासी मेडिकल व्यवसायी रहेका मणि न्यौपाने र संगीता बरालले बुधबार छोरा बरदानमणिको पहिलो जन्म दिनको अवसरमा स्वास्थ्य शिविर आयोजना गरेर मनाएका हुन् । उनीहरुले...
पोखरा । पोखरामा माछा मार्ने क्रममा बेपत्ता युवकलाई खोज्न बिहीबार सेती नदीको बाँध खोलिने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार बिकले फागुन १७ गते बिहीबार बिहान ८ बजेदेखि दीपमा रहेको बाँध खोल्न लागिएको जानकारी दिए । प्रहरीले...
पोखरा । पोखराको बाराहीघाटमा पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी चैत ७ गतेदेखि ९ गतेसम्म हुने भएको छ । सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशिल बिक्कु गिरी,...
रोल्पा । रोल्पाको माडी गाउँपालिका–५ भावाङमा घरमा आगलागी हुँदा जलेर एक वृद्धाको ज्यान गएको छ । आगलागीमा परेर ७५ वर्षीया हरिकला घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भावाङ कचरिकोटस्थित वृद्धाको घरमा मंगलबार अपराह्न ४ः४५ बजे अचानक आगलागी...
बारा । बाराको निजगढ नगरपालिका–७ सहिद चोकमा आज मध्याह्न शंकास्पद वस्तु पड्किँदा एक व्यक्तिको ज्यान गएको छ । शंकास्पद वस्तु विस्फोट हुदाँ निजगढ नगरपालिका ९ का रेसम मगरको ज्यान गएको छ भने अन्य ४ जना घाईते भएको बारा प्रहरीले जनाएको छ । मगर वर्कसप सञ्चालक...