प्रमुख समाचार


सिटीवान टेलिभिजनको तीज गीत प्रतियोगिता भदौ १५ र १६ गते

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा मुख्य कार्यालय रहेको सटीवान टेलिभिजनले महिलाहरुको महान चाड तीजलाई मध्यनजर यस वर्ष पनि साँस्कृतिक तीज गीत प्रतियोगिता गर्ने भएको छ । 'तीजको वेला सिटीवानको साँस्कृतिक मेला, तेस्रो खुल्ला तीज गीत प्रतियोगिता–२०८१’...

गत साउनदेखि घोडेपानी सडक अवरुद्ध, पर्यटक र स्थानीय मर्कामा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक अवरुद्ध हुँदा पर्यटक र स्थानीयवासीलाई समस्या भएको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार–खिवाङ–शिख–चित्रे सडकअन्तर्गत अन्नपूर्ण–५ घोप्टेखर्कमा पहिरोले...

सवारी दुर्घटनामा सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको निधन

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा परेर निधन भएको छ । सोमबार सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा...

पब्लिक फोरकेमा भदौं ७ गतेदेखि तीज विशेष कार्यक्रम

पोखरा। पोखराबाट प्रशारण हुने पब्लिक फोरके टेलिभिजनले हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम गर्ने भएको छ । टेलिभिजनमा नियमित रुपमा पब्लिक लाईभ दाहोरीसमेत सुरुआत गर्ने गरी भदौं ७ गतेदेखि तीज विशेष कार्यक्रम गर्न लागेको हो । कार्यक्रम भदौं ७ गतेदेखि...

मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ले जित्यो दर्शकको दिल

पोखरा । मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ ले दर्शकको मन जितेको छ । दर्शकको अपार उपस्थिति भएपछि एक सो मात्र देखाउने भनिएको चलचित्र पोखरा सभागृहमा सोमबार दुई सो देखाइएको चलचित्रकी निर्माता एवं कथाकार जुना थापाले जानकारी दिइन् । ‘दर्शकको यति धेरै...

मगर भाषा र संस्कृति अध्ययन भ्रमण गर्न चित्रे पुग्यो मिस मगर नेपालको टोली

पोखरा । मगर जातिको भाषा, धर्म तथा कला संस्कृति सम्बन्धि अध्ययन भ्रमण तथा अन्तरक्रिया कार्यक्रमका लागि मिस मगर नेपाल २०२४ का प्रतियोगीहरु स्याङ्जाको चित्रे पुगेका छन् । एसटी क्रियसन म्यानेजमेन्ट प्रालीको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा...

सुनसरीमा एक जनाको हत्या, शंकास्पद तीन जना पक्राउ

सुनसरी । सुनसरीको गढीमा एक जनाको हत्या भएको छ । गढी गाउँपालिका २ मा ४६ वर्षीय ज्ञानचन्द्र ऋषिदेवको हत्या भएको हो । टाउको अलग भएको अवस्थामा उनको शव फेला परेको प्रहरीको भनाइ छ उनले सिमेन्ट, बालुवाको रिङ बनाउने काम गर्दै आएका थिए । हत्याबारे अनुसन्धान...

सोलुखुम्बुको थामे बाढीमा हराएका व्यक्ति घरभित्रै सकुशल भेटिए

काठमाडौं । गएको शुक्रवार सोलुखुम्बुको थामे खोलामा भेलबाढी आउँदा हराएका व्यक्ति फेला परेका छन् । बाढी आएपछि हराएका ५५ वर्षीय निमानुरु शेर्पा आफ्नै घरमा थुनिएको अवस्थामा भेटिनुभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सुन्न र बोल्न नसक्ने शेर्पा...

आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६१ पैसा रहेको छ । आज युरो एकको खरिददर १४७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४५ पैसा रहेको छ । यस्तै आज पाउण्ड...