प्रमुख समाचार


होटल संघ पोखराको अध्यक्षमा पुन: सुवेदी निर्वाचित

पोखरा  । होटल संघ पोखराको अध्यक्षमा पुन लक्ष्मण सुवेदी निर्वािचत भएका छन् । होटल संघ पोखराको २१ औं अधिवेशन तथा ४२ अाैं साधारणसभाले सुवेदीको अध्यक्षतामा पुरानै टिमलाई सर्बसम्मत निरन्तरता दिएको हो । संघको प्रथम उपाध्यक्षमा दिपक श्रेष्ठ, द्वितीय  उपाध्यक्षमा...

व्यवसायी मीनबहादुरले एमालेलाई दिएको जग्गादानविरुद्धको रिट ‘हेर्न नमिल्नेमा’

काठमाडौं । सरकारको नेतृत्वकर्ता नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन विवादित व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गादानविरुद्धको रिट न्यायाधीश डा नहकुल सुवेदीले नहेर्ने भएका छन्। उनले उक्त रिट आफूले नहेर्ने भन्दै ‘हेर्न नमिल्ने’ सूचीमा पठाएका छन्। सुवेदीको...

सहकारी ठगी प्रकरणको अनुसन्धानमा अवरोध नगर्न एमालेको आग्रह

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सहकारी ठगी प्रकरणको अनुसन्धानमा अवरोध नगर्न आग्रह गरेको छ । साथै यस्ता गतिविधि नियन्त्रण गरेर स्वच्छ र निष्पक्ष न्यायिक निरुपणको वातावरण बनाउन सरकारलाई अनुरोध गरेको छ । एमाले महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्ति...

अदालतमा म्याद थप सम्बन्धी बहस, सडकमा पक्ष र विपक्षमा प्रदर्शन

  पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको म्याद थप सम्बन्धी बहस जिल्ला अदालत कास्कीमा जारी छ । कास्की जिल्ला अदालतका न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासमा बहस चलिरहेको...

मुस्ताङबाट यस वर्ष ९२ करोड बढीको स्याउ निर्यात

म्याग्दी । स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङी किसानले रु ९२ करोड बढी जिल्लामा भित्र्याएका छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष करिब सात हजार...

अमेरिका गएका वडाध्यक्ष नौ महिनासम्म नफर्केपछि वडा कार्यालयमा ताला

खोटाङ । अमेरिका गएका साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिनासम्म पनि कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । वडाध्यक्ष कटवाल नफर्केपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित...

साफ वुमन्स च्याम्पियनसिप : आज नेपाल र श्रीलंका, भुटान र माल्दिभ्स भिड्दै

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम दुई खेल आज हुँदैछ । आज समूह बी मा रहेको घरेलु टोली नेपालले श्रीलंकासँग खेल्नेछ भने भुटान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुई खेलपछि सेमिफाइनल समिकरण पनि तय हुनेछ । समूह बी बाट...

आज युरोको भाउ घट्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो र पाउण्डको भाउ घटेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३३ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४५ रुपैयाँ ३४ पैसा बिक्रीदर १४५ रुपैयाँ...

पीडितले वचत रकम फिर्ता पाउनु पर्दछ:नेता पहारी

पोखरा । नेकपा(एमाले) केन्द्रीय सदस्य एवम् युवा संघ नेपालका इन्चार्ज राजीव पहारीले सहकारी पीडितले वचत रकम पाउनु पर्ने बताएका छन । नेकपा एमाले पोखरा १७ को विस्तारीत वैठकमा बोल्दै पहारीले जनताले आप्mनो रगत पसिना खर्चेर संकलन गरेको रकम अपचन गर्नेलाई कानूनी...