प्रमुख समाचार


कार्यसम्पादनमा जिल्ला प्रशासन स्याङ्जा प्रथम

स्याङ्जा। गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्नको नतिजा अनुसार जिल्ला प्रशासन कार्यालय स्याङ्जा देशभरी प्रथम भएको छ । चालु आर्थिक वर्ष २०८१-०८२ को तेस्रो त्रैमासिक अवधि (माघ–चैत्र) को सम्पादित कार्यहरूका आधारमा प्रशासन कार्यालय स्याङ्जा...

भिजिट भिसा प्रकरणमा मुछिएका सहसचिव भट्टराईको बयान सुरु

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको भिजीट भिसा प्रकरणमा मुछिएका सहसचिव तीर्थराज भट्टराईको बयान शुरु गरेको छ । १८ जेठमा उपस्थित हुने शर्तमा उनलाई नियन्त्रणमुक्त गरेको अख्तियारले...

राजावादीहरुले आज काठमाडौंको सिफलचौरमा प्रदर्शन गर्ने

काठमाडौं । राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत राजावादीहरुले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्दैछन् । राजावादीहरुको आन्दोलनको नेतृत्व गर्दै आएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आज दिउँसो २ बजे सिफल चौरबाट प्रदर्शन...

प्रतिगामीहरूले अराजकता मच्चाउन लागे : प्रधानमन्त्री ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणपन्थी प्रतिगामी, अराजक तत्त्वहरू मिलेर अहिले देशमा अस्तव्यस्तता, अराजकता खडा गर्ने र सरकारलाई असफल गर्ने प्रयासमा लागेको बताएका छन् । सोमबार बसेको एमाले संसदीय दलको बैठकलाई...

पोखरामा अलपत्र ५६४ यात्रुलाई स्कर्टिङ मार्फत् गन्तव्यमा पठाइयो

पोखरा। पोखरामा अलपत्र परेका यात्रुलाई कास्की प्रहरीले स्कर्टिङ गरेर गन्तव्यमा पठाएको छ । पोखराबाट गन्तव्यमा जान नपाएका ५६४ यात्रुलाई कास्कीका डीएसपी हरिबहादुर बस्नेतको कमान्डको टोलीले गन्तव्यमा पठाएको हो ।बस्नेतका साथै सशस्त्र प्रहरी बल नेपाल नं...

निजामती कर्मचारीले दिए सामान्य प्रशासन मन्त्रालयमा धर्ना

काठमाडौँ । निजामती कर्मचारीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् । सङ्घीय निजामती सेवा विधेयकमा उल्लेख केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै आएका निजामती कर्मचारीहरूले आज पनि धर्ना दिएका हुन् । प्रतिनिधिसभा अन्तर्गतको...

कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा जारी

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बसिरहेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिइन् । बैठकमा प्रतिपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा...

आज सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ । यसअघि...

आज राजावादीको प्रदर्शन नहुने

काठमाडौँ । सोमबार राजावादी समूहले कुनै प्रदर्शन नगर्ने भएको छ । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले सोमबार जारी गरेको विज्ञप्तिमा आज राजपरिवारका सदस्यहरूको हृदय विदारक देहावसान भएको सबै नेपालीहरूको लागि शोकको दिन भएकाले जुलुस, धर्ना जस्ता...