प्रमुख समाचार


जापानमा शक्तिशाली भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या २८ पुग्यो

टोकियो । जापानको दक्षिण पश्चिमी क्षेत्रमा रहेको कुमामोतो प्रिफेक्चरमा मङ्गलवार गएको ६ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । स्थानीय अधिकारीहरूले आज ज्यान गुमाउनेको संख्या पुष्टि गरेका हुन् । भूकम्पका कारण...

राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबिच बिहीबार भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवास पुगेर सभामुख अर्यालले बिहान राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । भेटका क्रममा सभामुख अर्यालले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति...

स्याङ्जामा गोठ भत्किदा चौपायाको मृत्यु

स्याङ्जामा गोठ भत्किदा चौपायाको मृत्यु भएको छ । आज बिहान १० बजे वालिङ नगरपालिका वडा नम्बर १४ हुग्दीकी माया कुवरको ढुङ्गा माटोले बनेको कच्ची गोठ भत्किदाँ एउटा बोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ । गोठमा रहेका एउटा गाई...

सुनसरीमा सेनाको हवाई गस्ती

काठमाडौं । सुनसरीमा नेपाली सेनाले हवाई गस्ती गरेको छ । देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज र आसपासको अवस्था तनावग्रस्त बनेपछि सेनाले हवाई गस्ती गरेको हो । सुरक्षा अवस्था र वस्तुस्थिति बुझ्न सेनाले आफ्नो तर्फबाट गस्ती गरिरहेको नेपाली सेनाका प्रवक्ता...

प्रधानमन्त्री बालेनसँग सभामुख अर्यालको भेट

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्यालबीच भेटवार्ता भएको छ ।बुधबार सभामुख अर्यालले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन् । विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने क्रममा सभामुख अर्यालले प्रधानमन्त्री शाहसँग भेटवार्ता...

देवानगञ्ज घटनाका मृतक र घाइतेलाई प्रदेश सरकारले राहत दिने

विराटनगर । सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई कोशी प्रदेश सरकारले २ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ । बुधबार बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राहत उपलब्ध गराउने घोषणा गरेका हुन् । घाइते...

आज पनि घट्यो सेयर बजार

काठमाडौं । निरन्तर तेस्रो दिन आज पनि सेयर बजार घटेको छ । अघिल्लो दिन ४.६४ अंक घटेको सेयर बजार बुधबार ७.७९ अंक घटेको हो । यो कमीसँगै बजारको परिसूचक नेप्से २६८८ अंकमा झरेको छ । कारोबारका क्रममा दिउँसो १२ : ४० बजे नेप्से दिनभरको अधिकतम अंक २७०६ अंकसम्म...

पोखरामा ब्राउनसुगरसहित २ जना पक्राउ

पोखरा । पोखरामा लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर १४ शुभकामना टोल बस्ने वर्ष ३३ का मनोज कुमार मग्राती र म्याग्दी अन्नपुर्ण गाउँपालिका वडा नम्बर ५ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर...

शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रुपमा ग्रहण गर्नु नै गुरूप्रतिको सम्मान हो : प्रदेश प्रमुख भट्ट

पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शिक्षालाई जीवनको सर्वोच्च मूल्यका रुपमा ग्रहण गर्नु नै गुरूप्रतिको सच्चा सम्मान रहने बताएका छन्। गुरुपूर्णिमाको अवसर पारेर भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च, पोखराले आयोजना गरेको गुरूहरूको सम्मान कार्यक्रममा...