प्रमुख समाचार


रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभा उम्मेदवार बनेका किशोरी साह कमलको उम्म्देवारी खारेज गरिएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीका अनुसार धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार साहको उम्मेदवारी खारेज गरिएको...

सुर्खेतको भेरीगंगामा शंकास्पद वस्तु फेला

सुर्खेत । सुर्खेतको छिन्चुदेखि जाजरकोट जोड्ने सडक अन्तर्गत भेरीगंगा नगरपालिका—११ को राताचौर नजिकै शंकास्पद वस्तु फेला परेको छ । मंगलबार बिहान प्रेसर कुकरसहित रातो प्लाष्टिकले बेरेको शंकास्पद वस्तु फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका...

निर्वाचनसम्बन्धी फेसबुकमा झुटो अफवाह फैलाउने युवक पक्राउ

सुनसरी । सामाजिक सञ्जाल फेसबुकमार्फत निर्वाचनसम्बन्धी झुटो अफवाह फैलाएको आरोपमा सुनसरी प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका वडा नं. ३ महेन्द्रचोक बस्ने २७ वर्षीय रामचन्द्र ठाकुर रहेका छन्। जिल्ला प्रहरी कार्यालय...

खाल्डोमा परेर एकै घरका दुई बालबालिकाको ज्यान गयो

सुर्खेत । सुर्खेतमा खाल्डोमा परी दुई जना बालबालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा वीरेन्द्रनगर नगरपालिका—९ का ७ वर्षीय खेमराज कटुवाल र ५ वर्षीया दीपिका कटुवाल हुन् । उनीहरू कालिकोटको तिलागुफा नगरपालिका—९ चिलखाया घर भएर वीरेन्द्रनगर—९ मा बस्दै आएका...

काठमाडौंमा दुई वटा गाडीमा आगजनी

काठमाडौं । काठमाडौँको महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी गरिएको छ । नैकापमा सिप्रदी ट्रेडिङ्गको कार्यालय नजिकै बिएए २८३६ नम्बरको टोयोटा कार र महाराजगन्जमा बा.७ च १४०१ नम्बरको मारुती भ्यान आगजनी गरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका...

‘निर्वाचन हुँदैन’ भनेर अफवाह फैलाएको आरोपमा ज्योतिष पक्राउ

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा प्रहरीले ज्योतिष रुद्रनाथ अधिकारीलाई पक्राउ गरेको छ । अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । सामाजिक सञ्जाल युट्युबमार्फत...

आज खण्डग्रास चन्द्रग्रहण लाग्दै, नेपालबाट करिब एक घण्टा देखिने

काठमाडौं । आज बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग)मा उल्लेख गरिएको...

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

कास्की । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की जिल्लाका ३६५ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री पुगेको छ । प्रदेश निर्वाचन कार्यालय पोखराले सोमबार सबै केन्द्रका लागि मतपत्रसहितका निर्वाचन सामग्री पठाइसकिएको जनाएको छ । सम्बन्धित...

निर्वाचन अवधिभर नेपाल–भारत आवतजावतमा रोक

पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन २१ गते मध्यरातिसम्म नेपाल–भारत सीमाक्षेत्रको आवागमनमा रोक लगाएको हो । यही फागुन २१ गते हुन लागेको...