आगामी आर्थिक वर्ष २०७९/८० को लागि सरकारले ल्याएको बजेटमा पोखरा महानगरपालिकाले सबैभन्दा बढी बजेट पाएको छ । ६ वटा महानगरपालिकाले कुल १० अर्ब ३१ करोड २९ लाख रुपैयाँ बजेट पाएका छन् ।जसमध्ये सबैभन्दा धेरै बजेट पोखरा महानगरपालिका र सबैभन्दा कम विराटनगर महानगरपालिकाले...
एमालेका सांसद प्रदीप ज्ञवालीले आगामी आर्थिक वर्षको बजेट थप आर्थिक संकट निम्त्याउने किसिमको रहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेटले आर्थिक...
चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा बुधबार दिउँसो गएको ६.१ म्याग्नेच्यूडको भूकम्पमा परी चार जनाको मृत्यु भएको छ । यस भूकम्पमा परी अन्य ४० भन्दा बढी घाइते भएका छन् । भूकम्पबाट याआनमा १३ हजार ८१ जना प्रभावित भएका छन् । उक्त भूकम्पको केन्द्रबिन्दु...
बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोक (वीरेन्द्र चोक) तनावग्रस्त भएको छ । स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्ने प्रयासमा प्रहरी प्रशासनले हस्तक्षेप गरेपछि तनाव भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहारसमेत गरेको छ । नजिकै...
काठमाडौं। तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव मृतकका परिवारलाई बुझाइएको छ । आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो । निधन हुनेहरुको शव त्रिवि शिक्षण...
काठमाडौं । तारा एयरको पोखरा(जोमसोम उडान एक साताका लागि स्थगित हुने भएको छ । तारा एयरका प्रवक्ता सुर्दशन बर्तौलाको अनुसार साताका लागि पोखरा-जोमसोमको उडान बन्द गर्ने निर्णय भएको छ । सोही अनुसार एक सातासम्म पोखरा-मुस्ताङ टिकट बन्द गरिएको छ। यस्तै बिहीबार...
काठमाडौं । अब आन्तरिक उडान इनरुट मौसम सफा नभएसम्म गर्न नदिने नागरिक उड्यान प्राधिकरणको निर्णयमा केही असहजता देखिने भएको छ । जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान गर्न नसक्ने बताएसगै असहजता देखिएको हो । मौसम विभागले एक सूचना...
न्युजील्याण्डमा ‘सगरमाथा दिवस’ मनाइएको छ । मे महिनाको २८ देखि ३१ तारिखसम्म न्युजिल्याण्डका विभिन्न ६ सहरमा विविध कार्यक्रमका साथ दिवस मनाइएको हो । नेपालका तेन्जिङ नोर्गे र न्युजिल्याण्डका एडमण्ड हिलारीले ६९ वर्ष अघि सन् १९५३ मे २९ का दिन सगरमाथाको सफल...
नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता बितिसक्दासमेत विद्यार्थीले पुस्तक पाउन कठिन भएको छ । सामुदायिक विद्यालयअन्तर्गत कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव भएको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भरतपुरका प्रमुख विनयराम श्रेष्ठका अनुसार कक्षा ६ को नेपाली...