सुनसरीको कोशी गाँउपालिका–५ मा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री सुनसरीको कोशी गाँउपालिका–७ का अन्दाजी १८ बर्षीय श्रवण कुमार मेहेता रहेका छन् ।जिपको ठक्करबाट गम्भीर घाइते...
इटालीका अधिकारीहरुले शनिबार हराएको हेलिकोप्टरपछि भेटिएको बताएका छन् । उनीहरुले सो हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको र त्यसमा रहेका सबै सात जनाकै ज्यान गएको पाइएको पनि बताएका छन् । शनिबार बिहान सो हेलिकोप्टर एयर ट्राफिकबाट हराएको जनाएका थिए ।...
पछिल्लो पाँच महिनामा ५ लाखभन्दा बढी नेपालीले देश छोडेका छन् । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा उनीहरु विभिन्न उदेश्यले विदेश गएका हुन् । सन् २०२२ को जनवरीमा १ लाख ५ हजार ९७२, फेव्रुअरीमा ८० हजार ५२१,...
वालिङ । स्याङ्जा जिल्ला समन्वय समितिमा गोला प्रथाबाट नेतृत्व टुङ्ग्याइएको छ । नेपाली कांग्रेस र नेकपा ९एमाले० ले सहमतिका आधारमा गोलाप्रथाबाट नेतृत्व चयन गरेका हुन् । एघार स्थानीय तह रहेको स्याङ्जामा दुवै दलबाट ११/११ जना निर्वाचित भएपछि प्रमुखसहित चार...
पोखरा । मानित विश्वविद्यालयतर्फ उन्मुख जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १७ औं स्मृति दिवसका सन्दर्भमा वक्ताहरूले उनको योगदानको कदर गर्दै लामो समयसम्म संझनालायक काम गर्नुपर्ने बताए । जनप्रिय बहुमुखी क्याम्पसद्वारा आयोजित...
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद खगराज अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप हराएको उल्लेख गर्दै जवाफ दिन सरकारसँग माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तरगतको विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो खोपबारे आफूहरुले...
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पोखरामा लोडसेडिङ हुन सक्ने चेतावनी दिएका छन् । पोखरा महानगर १७ बिरौटामा रोकिएका सवस्टेसनको निर्माण तत्काल अघि नबढाए बाध्यात्मक लोडसेडिङ गर्नुपर्ने घिसिङको चेतावनी छ । पोखरा महानगरपालिका–१७ बिरौटामा...
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कृषकलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । उनले कृषकलाई यथाशीघ्र मल उपलब्ध हुने गरी व्यवस्थापन...
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजा बेचे राष्ट्रको वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सांसद तामाङले गाँजाबारे सो अभिव्यक्ति दिएका हुन् । उनले एचआईभी एड्स रोगका बिरामीहरूको...