एमालेको सर्कुलर :‘सांसदलाई राष्ट्रिय पोशाकमा शपथ लिन निर्देशन’

काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित सांसदहरुलाई बिहीबार हुने शपथ ग्रहणमा नेपाली पोशाक लगाएर आउन सर्कुलर जारी गरेको छ । पुस ७ गते दिउँसो १ बजे ज्येष्ठ सदस्यले पशुपति शमशेर राणाले प्रतिनिधिसभाका २७४ सांसदलाई शपथ ग्रहण गराउँदैछन् । नेकपा एमाले...

मन्त्री थापा र भारतीय अभिनेता विवेक ओवरायबीच भेट : ओवरायले भने,’यहाँको पर्यटन प्रर्वद्धनमा सहयोग गर्छु’

पोखरा । गण्डकीका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा र भारतीय अभिनेता विवेक ओवरायबीच भेटवार्ता भएको छ । शुक्रबारदेखि पोखराका विभिन्न पर्यटकीय क्षेत्रमा घुमघाममा रहेका ओवरायले मन्त्री थापालाई मंगलबार मन्त्रालयमा नै भेटघाट गरेका...

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित : ३९ मतले हारे गगन

नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको चुनावमा देउवा ६४ मत ल्याएर संसदीय दलको नेता चुनिएका हुन्। उनको प्रतिस्पर्धामा उत्रिएका कांग्रेस महामन्त्री...

कांग्रेस संसदीय दल चुनावको मतदान सकियो

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज भएको चुनावको मतदान सकिएको छ । सिहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ बजे १० बजेसम्म मतदानको समय तोकिएको थियो । यद्यपि मतदान ढिला गरि सुरु भएको थियो । चुनावमा ८८ जना सांसदले मतदान...

क्याम्पसको सौन्दर्यकरणको लागि पहल आवश्यकः मन्त्री बराल

पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखराको पृथ्बीनारायण क्याम्पसको सौन्दर्यकरण गर्न आवश्यक भएको बताएका छन्। अनेरास्ववियू (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस समितिले हालै निर्माण गरेको “सहिद स्मृति पार्क“को मंगलबार एक समारोहका...

नेकपा एसका अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ । उनको ज्वरो सामान्य अवस्थामा छ । अध्यक्ष नेपालको छातीमा सङ्क्रमणका साथै रुघाखोकीको समस्या भएपछि...

पोखरा आउँदै गरेको बसको ठक्करबाट ४५ वर्षीय महिलाको ज्यान गयो

हेटौँडा । पोखरा आउँदे गरेको बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी(९ खरङगामा आज बुधवार बिहान झापाबाट पोखरातर्फ आउँदै गरेको लु २ ख ४६०७ नम्बरको बसले भोजपुरको भोजपुर ७ कोदार बस्ने ४५ वर्षीया सिता मिजारलाई...

आज पाउण्डको भाउ घट्यो, कति छ डलर र युरो ?सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको चौथो दिन आज बुधबार पाउण्डको भाउ घटेको छ । आज पाउण्ड एकको खरिददर १६० रुपैयाँ ५० पैसा र बिक्रीदर १६१ रुपैयाँ २३ पैसा छ । हिजो भने पाउण्ड एकको खरिददर १६१ रुपैयाँ २५ पैसा र बिक्रीदर...

ज्येष्ठ सांसद जबराको शपथ आज

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८१ वर्षीय पशुपति शमशेर जबराले आज सपथ ग्रहण गर्ने भएका छन् । जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने भएका हुन्। राष्ट्रपति कार्यालयले जबरालाई आज दिउँसो १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको छ । संसद्...