माओवादी संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत, राष्ट्रियसभामा नारायणकाजी

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सर्वसम्मत चयन गरेको छ । आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।त्यस्तै प्रमुख सचेतक हितराज पाण्डे निर्विरोध चयन गरिएको छ । राष्ट्रियसभातर्फ...

राजीनामा दिदैं वाग्मतीका मुख्यमन्त्री पाण्डे

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिने भएका छन् । बिहीबार संघीय सांसदको शपथ लिएसँगै उनको भूमिका प्रदेशको मुख्यमन्त्री र प्रतिनिधिसभा सदस्यको रुपमा रहने भएपछि उनले राजीनामा दिने भएका हुन् । मुख्यमन्त्री...

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान सम्पन्न भएको छ । विमानस्थलमा आज यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २ः१५ बजे पुरानो विमानस्थलबाट उडान भइ पोखरा क्षेत्रीय...

यी चार सांसद शपथमा अनुपस्थित

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित २७५ सदस्यमध्ये ४ जना सांसद शपथ कार्यक्रममा अनुपस्थित भएका छन् । अनुपस्थित सांसदमा नेकपा एसका प्रेम आले, माओवादी केन्द्रका महिन्द्रराय यादव, कांग्रेस माया राई र माओवादीका रामकुमार राई रहेका छन् । महिन्द्रराय यादवको...

कुख्यात अपराधि चार्ल्स शोभराजलाई छाड्न अस्वीकार

काठमाडौं । केन्द्रीय कारागारले बिकिनी किलरका रुपमा चिनिएका चार्ल्स सोभराजलाई छाड्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतको वुधबारको आदेश स्पष्ट नभएको भन्दै तत्काल छाड्ने अवस्था नदेखिएको कारागार व्यवस्थापन विभाग स्रोतले जानकारी दिएको छ । विभागका सुचना अधिकारी...

अर्थमन्त्री शर्मा भन्छन् ,‘प्रधानमन्त्री प्रचण्ड, राष्ट्रपतिमा रामचन्द्र र माधवमा एक’

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद तथा अर्थमन्त्री जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने बताएका छन् । शपथ ग्रहणका संघीय संसद् भवन पुगेका शर्माले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डकै नेतृत्वमा...

त्रिभुवन विमानस्थलबाट सुरु भयो उडान

काठमाडौं । बिहीबार बिहानदेखिको प्रतिकूल मौसमका कारण ठप्प भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान अहिले नियमित सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठकुरका अनुसार आज बिहानैदेखि लागेको बाक्लो...

नवनिर्वाचित सदस्यले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था...

भरतपुरमा आजदेखि हर्न निषेध

चितवन । भरतपुर महानगरपालिकाले साना तथा ठूला सवारी साधनको व्यवस्थापन गर्ने भएको छ । बढ्दो सहरीकरणले सवारी साधन व्यवस्थापनमा समस्या देखिएसँगै महानगरले केन्द्रीय बस टर्मिनल र नारायणगढ बस पार्कमा आजदेखि अनिवार्य पार्किङको व्यवस्था गरेको हो । एक साताअघि महानगरपालिकामा...