भ्रष्टाचार नियन्त्रण गर्न म गम्भीर छु : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकार गम्भीर रहेको बताएका छन् । आइतबार बिहान सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको छलफलमा प्रधानमन्त्रीले...

माओवादी, नेकपा एस र जसपाबीच एकता प्रक्रिया सुरु हुदैं

काठमाडौँ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालबीच एकताका लागि औपचारिक छलफल सुरु हुने भएको छ । तीन वटै दलले एकताका लागि छलफल गर्न गर्न वार्ता समिति गठन गरिसकेका छन् । माओवादी केन्द्रले पार्टीका उपाध्यक्ष कृष्णबहादुर...

माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।अहिले माओवादी संसदीय दलको कार्यालयमा बैठक बस्ने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ गते विश्वासको मत लिने तय भएसँगै दलको बैठक आह्वान भएको हो ।

नारायणगढ–मुग्लिङ सडक पुस ३० र माघ १ को दिउँसो खुल्ला रहने

चितवन । दिउँसोको समय बन्द रहँदै आएको नारायणगण्ढ मुग्लिङ सडक पौष ३० र माघ १ गते दिउँसो भने खुल्ला रहने भएको छ । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी सो सडकखण्ड दुई दिन खुला रहने भएको हो । प्रमुख जिल्ला अधिकारी...

प्रदेशको भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । आज आइतबार सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । प्रदेश सरकार गठनको मिति नजिकिएसँगै दलहरू सहमति खोज्न छलफलमा जुटेका छन् । शनिवार बालुवाटारमा सामान्य छलफल भएको थियो । आज सबै प्रदेशको भागबण्डा मिलाउने गरी नेताहरू छलफल गर्न लागेका हुन् । बैठक आज...

साताको पहिलो दिन आज कति छ डलर, युरोको भाउ ?(सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको डलर एकको खरिददर १३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५७ रुपैयाँ ३१ पैसा...

नदी तर्ने क्रममा तुइनबाट खसेर १० वर्षीया बालक बेपत्ता

धनगढी । दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बालक बेपत्ता भएका छन् । ब्यास गाउँपालिका-४ को डोकटका १० वर्षीय बालक दिपेन्द्र बिष्ट तुइनबाट नदी तर्ने क्रममा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले...

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । निर्वाचन आयोगले आउँदो माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताको निम्ति आह्वान गरिएको छ । आज एक सूचना जारी गर्दै आयोगले यही पुस २५ देखि २८ गतेभित्र दल दर्ता गराउन आग्रह गरेको हो ।लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रियसभा...

कपडा व्यवसायी एसोसिएसन कास्कीको अध्यक्षमा गजेन्द्रमान श्रेष्ठ

पोखरा । कपडा व्यवसायी एसोसिएसन कास्कीको अध्यक्षमा गजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन् । शनिवार सम्पन्न एसोसिएसनको २१ औँ साधारण सभा तथा ११ औँ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भएको हो । एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा...