एमालेको विद्यान महाधिवेशनको लागि प्रस्तुत तीन दस्तावेजमाथि समूहगत छलफल सम्पन्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथि समूहगत छलफल सकिएको छ । भूगोलका सात प्रदेशसहित प्रवास, उपत्यका विशेष र जनवर्गीय संगठन तथा विभागहरुबाट प्रतिनिधित्व गर्ने केन्द्रीय...

नोटको जतन गर्न राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले नयाँ नोटको संरक्षण गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । दशैँ नजिकिँदै गर्दा नयाँ नोट फोहोर हुनसक्ने सम्भावना भएपछि राष्ट्र बैंकले नयाँ नोटको संरक्षण गर्न आग्रह गरेको हो । सर्वसाधारणले दैनिक रूपमा गरिने किनमेलमा होस् या चाडबाडमा होस्...

यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान

पोखरा । हाल देशमा भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य...

पछिल्लो २४ घण्टामा थपिए एक हजार ४७६ संक्रमित, १,५५० जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ५ सय ७५ पीसीआर परीक्षण गर्दा १ हजार १०३ जना र ५ हजार ११५ एन्टिजेन परीक्षण गर्दा ३ सय ७३ गरी १ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा...

दिल्ली : अदालतभित्र वकिलको ड्रेसमा गएर अज्ञात समुहले चलाए गोली, तीन जना मारिए

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीस्थित एक अदालतभित्र वकिलको ड्रेसमा गएर अज्ञात समुहले गोली चलाएका छन् । गोली लाग्दा तीन जनाको मृत्यु भएको छ। आज (शुक्रबार) दिउँसो दिल्लीको रोहिनी अदालतभित्र गोली चल्दा तीन जना मारिएको भारतीय सञ्चार माध्यमले जनाएको...

भ्रमणका लागि स्कटल्याण्ड जादैँ प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भ्रमणका लागि स्कटल्याण्ड जाने भएका छन् । उनको यो पहिलो विदेश भ्रमण हो । स्कटल्याण्डको ग्लास्गो सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा सहभागी हुन प्रधानमन्त्री देउवा स्कटल्याण्ड जान...

दल विभाजनसम्बन्धी अध्यादेशविरूद्ध अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । दल विभाजन खुकुलो हुने गरी ल्याएको अध्यादेशविरूद्ध परेका रिटमा अन्तरिम आदेश जारी नहुने बताएको छ। अधिवक्ता प्रवेश केसीलगायत ६ जनाले दिएका छुट्टाछुटै रिटमा...

यस वर्ष दशैंको टिकाको शुभसाइत असोज २९ गते बिहान १० बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग...

ज्योतीनगरको पहिरो नियन्त्रणलाई मुख्य प्राथमिकतामा राख्न माग

तिलोत्तमा । बुटवल ज्योतीनगरको पहिरो नियन्त्रणलाई मुख्य प्राथमिकतामा राख्न सरोकारवालाहरुले माग गरेका छन् । पहिरो प्रभावित क्षेत्रका सरोकारवाला, बिभिन्न संघसंस्था, बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि, पीडित परिवारको शुक्रबार बसेको बृहत बैठकले प्रदेश सरकार...