पछिल्लो २४ घण्टामा थपिए एक हजार ४७६ संक्रमित, १,५५० जना संक्रमणमुक्त

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर एक हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१० हजार ५ सय ७५ पीसीआर परीक्षण गर्दा १ हजार १०३ जना र ५ हजार ११५ एन्टिजेन परीक्षण गर्दा ३ सय ७३ गरी १ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हालसम्म संक्रमितको संख्या ७ लाख ८९ हजार ८७२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने १ हजार ५५० जना निको भएका छन् । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ।मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ९ जनाको मृत्यु छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ ।

हालसम्म पीसीआर परीक्षण ४१ लाख ४६ हजार ७८३ पुगेको छ ।सक्रिय संक्रमितको संख्या २० हजार २८७ र २४४ जना क्वारेन्टाइनमा रहेका छन् ।

  • ८ आश्विन २०७८, शुक्रबार १७:०४ प्रकाशित