काठमाडौं ।
रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड कायम भएको छ । जेठको एकै महिना १ खर्ब ७६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएर एकै महिना अहिलेसम्मकै धेरै रेमिट्यान्स भित्रिएको रेकर्ड कायम भएको हो । यसअघि बैशाख महिनामा १ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।
योसँगै चालु आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १५.५ प्रतिशत बढी हो । गत वर्ष जेठमा भने १ खर्ब २८ अर्ब ९१ करोड रुपैयाँ रेमिट्यान्स आएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ ।
यो अवधिमा ४ लाख ५२ हजार ३२४ ले श्रम स्वीकृति र ३ लाख ८ हजार ६७ जनाले विदेश जान पुनः श्रम स्वीकृति लिएका छन् ।















