जापानमा जारी २०औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा अफगानिस्तानले नेपाललालाई जितका लागि १ सय ३ रनको सामान्य लक्ष्य दिएको छ।
जापानको निस्सिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २ रनको योगफल तयार पारेको हो।
अफगानिस्तानलाई कम स्कोरमा रोक्न नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए। ललित राजवंशीले ३ विकेट लिए।ललितले ४ ओभरमा मात्र १३ रन खर्चेर ३ विकेट लिए। कुशलले ४ ओभरमा १ मेडन राख्दै २१ रन दिएर ४ विकेट आफ्नो नाममा गरे।
करण केसी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहित पौडेल भने विकेटविहीन रहे।
अफगानिस्तानका लागि फैसल खान र नजिबुल्लाह जड्रानले समान ३० रन बनाए। नन्गेलिया खान १२ रनमा अविजित रहे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।














