काठमाडौं।
चीनतर्फबाट आएको बाढीका कारण नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका जलविद्युत् आयोजनाहरूको २ सय ५० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा बढी क्षति पुर्याएको छ । उक्त आयोजनाको बाँधको एउटा गेट बाढीले बगाएर ड्याममा समेत क्षति पुगेको उनको भनाई छ ।
प्रवक्ता ढकालले त्रिशूली कोरिडोरमा रहेका प्राधिकरणका आयोजनाहरूमा बाढीले क्षति पुर्याएपछि सम्भावित जोखिमबाट बच्न उक्त क्षेत्रका अन्य केही आयोजनाहरू पनि बन्द गरिएको बताए ।
उनले बाढीले विशेषगरी त्रिशूली करिडोरका आयोजनाहरूमा असर पारेको छ। उनले यी सबै आयोजनाको कुल उत्पादन क्षमता २ सय ५० मेगावाटभन्दा बढी रहेको जानकारी दिए।
उक्त क्षेत्रका केही आयोजनामा बाढीले भौतिक क्षति पुर्याएर बन्द भएका छन् भने केहीलाई सम्भावित क्षतिबाट जोगाउन प्राधिकरणले नै गेट बन्द गरेर सुरक्षित राखेको जानकारी दिए ।
बाढीले माथिल्लो त्रिशूली ‘थ्री ए’ को ड्याममा क्षति पुर्याएको छ भने दुई गेट बगाएको छ । बाढीका कारण ६० मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको ड्याम साइटमा क्षति पुगेको छ भने २१ मेगावाटको तल्लो त्रिशूली आयोजनाको उत्पादन पनि ठप्प भएको छ।















