काठमाडौं ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बाढीबाट ९ जनाको उद्दार भएको छ । काठमाडौँ । रसुवामा आएको बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन् । ९ जनाको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ । चिनियाँ क्षेत्रमा भारी वर्षा भएसँगै गोसाइकुण्ड गाउँपालिका वडा नं.२ स्थित रसुवागढीमा एकाएक आएको बाढीमा परेर उक्त घटना भएको प्रहरीको प्रहरीले जनाएको छ ।
बाढीले नेपाल–चीन सिमानाका रसुवागढीस्थित मितेरीपुल भाँचिएको छ । बाढीले टिमुरेस्थित भन्सार यार्डमा पसेर केही लोड कन्टेनर डिब्बाहरू तथा पार्क गरिएको करिब ७/८ वटा विद्युतीय गाडीहरू पनि बगाएको छ । साथै, रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी निरीक्षक प्रकाश पाण्डेको कमाण्डमा बीओमी टिमुरेबाट २० जनाको टोली खटिएको छ । यसैबिच, तातोपानीस्थित पासाङल्हामु राजमार्ग अन्तर्गत स्याफ्रुबेसी–रसुवागढी सडक खण्डमा पनि बाढी र पहिरोले सडक पूर्णरूपमा कटान गर्दै अवरुद्ध बनाएको सशस्त्र प्रहरीले जनाएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार भोटेकोशीमा बहाव अझै कम नभएकाले तटीय क्षेत्रका नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।














