देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द भएको छ । नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सवा बन्द गरिएको हो ।

उपचारमा लापरबही गर्ने चिकित्सक र अस्पतालहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति तिराउन थालेपछि रुष्ट भएका चिकित्सकहरू केही समयदेखि आन्दोलनमा छन् ।

नेपाल चिकित्सक संघको आह्ववानमा आज चिकित्सकहरूले आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन् । चिकित्सकले सेवा बहिष्कार गर्दा बिरामी मर्कामा परेका छन् ।

नेपाल चिकित्सक संघका महासचिव डा।सन्जिव तिवारीलाई अदालतको अवहेलना गरेको भन्दै पाटन उच्च अदालतले सातदिन भित्र अदालतमा उपस्थित हुन भनेपछि चिकित्सकहरुले आन्दोलन सुरु गरेका हुन् ।

नेपाल चिकित्सक संघको आह्वानमा भएको यो आन्दोलनमा नौवटा स्वास्थ्य संस्थाले एक्यवद्धता जनाएका छन् ।

  • २३ असार २०८२, सोमबार १०:२७ प्रकाशित