आज पौने १० अर्बको सेयर कारोबार

केन्द्रभाग मिडिया

काठमाडौं ।

बुधबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक, सेन्सिटिभ र सबै सेक्टरका सूचक बढेका हुन् ।

नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३४.४२ अंक (१.२९ प्रतिशत)बढेको छ । सो वृद्धिपछि २६९४ अंकमा कायम भएको छ । योसहित नेप्से लगातार चौथो दिन बढेको हो ।

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ३ करोडको कारोबार भएकोमा आज ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भयो । जसमा हाइड्रोपावर समूहको सबैभन्दा धेरै ४ अर्ब ५६ करोडको भयो ।

१८२ कम्पनीको मूल्य बढ्दा ६५ को घट्यो भने एउटाको स्थिर रह्यो ।

  • १८ असार २०८२, बुधबार १७:०६ प्रकाशित