जिल्ला कमिटीका लागि एमालेले तोक्यो मापदण्डः यी हुन तीन बुँदे मापदण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा (एमाले)को जिल्ला अधिवेशन २३ पुसमा हुँदैछ ।

अघिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ ।जिल्ला अधिवेशनको समय नजिकीएसँगै देशका सबै जिल्लामा एमालेको चुनावी चहलपहल सुरु भएको छ ।

यतिबेला जिल्ला अध्यक्षका आकांक्षीहरु दौडधुपमा लागेका छन् ।यता कास्कीमा ४ जना अध्यक्षका आकांक्षी देखिएका छन् ।यसैबीच एमाले संगठन विभागले जिल्ला कमिटीसम्बन्धी तीन बुँदे मापदण्ड ७७ वटै जिल्लामा सर्कुलर गरेको छ ।

यी हुन् मापदण्ड

१ –पदाधिकारी हुनका लागि दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिकेको वा एक कार्यकाल सचिवालयमा सदस्य भइ काम गरिसकेको हुनुपर्नेछ ।

२-सदस्यका लागि जिल्ला कमिटी, जिल्ला विभाग वा एक तह मुनिको कमिटीमा कम्तिमा एक कार्यकाल पूरा गरेको हुनुपर्नेछ ।

३-एकता एकीकरणबाट पार्टीमा समाहित भएकाको हकमा भने विधानको धारा ६३(११) अनुसारको हुनेछ ।

  • २२ पुष २०७८, बिहीबार १२:५५ प्रकाशित