काठमाडौं ।
पेट्रोलियम पदार्थको भाउ बढेको छ । नेपाल आयल निगमले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएको हो ।
मंगलबारबाट लागू हुने गरी पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ भाउ बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै आन्तरिक हवाई इन्धनमा ७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर ६० डलर भाउ बढेको छ ।















