११ महिनापछि आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ११ महिनापछि आज बस्दैछ । गत साउनपछि आज बस्न लागेको बैठकका लागि ६ एजेन्डा तय गरिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आइतबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले ६ एजेन्डा तय गरेको हो ।

उनका अनुसार बैठकका लागि पार्टीले सञ्चालन गरेको १०० दिने अभियानको कार्यपत्र, भ्रातृ संस्थाको तदर्थ समितिको म्याद थप, क्रियाशील सदस्यताको नवीकरण र वितरण, सम्पर्क समितिमा दुई किसिमको सदस्यता दिने व्यवस्था गर्नका लागि विधान परिमार्जनको प्रक्रिया सुरु गर्ने विषय, केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले स्मारिका प्रकाशन र समसामयिक राजनीतिबारे एजेन्डा तय गरिएको छ ।

  • १६ असार २०८२, सोमबार १०:५६ प्रकाशित