चन्द्रागिरिमा पहिरोले कार पुरियो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ स्थित मसिनेमा कार पुरिएको छ ।

शनिवार राति बा.५ च ११४५ नम्बरको कार मसिने स्थित पहिरोमा पुरिएको हो । मसिनेबाट थानकोट तर्फ जाँदै गरेको कारलाई प्रहरीले पहिरो पन्छाएर निकालेको छ ।

कारमा सवार यात्रुलाई पनि उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

  • १५ असार २०८२, आईतवार १२:१८ प्रकाशित