मुद्रा विनिमयदरः आज डलर, युरो,रियाल, रिगिंट लगायतको मुल्य कति छ? (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११९ रुपैयाँ २८ पैसा कायम गरेको छ ।

युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ १९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८७ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ६२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ४३ पैसा कायम छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४६ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ २५ पैसा र बिक्रीदर १० रुपैयाँ ३० पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्री दर १८ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज साउदी अरेबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ६० पैसा र बिक्री दर ३१ रुपैयाँ ७६ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४४ पैसा रहेको छ ।

  • २२ पुष २०७८, बिहीबार ०९:०९ प्रकाशित