काठमाडौँ ।
नेपाली बजारमा बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँ बढेर बिहीबार सुनको मूल्य कारोबार भइरहेको हो।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँ कायम भएको थियो ।
यसैबिच बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा २ हजार १४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार १७५ रुपैयाँ कायम भएको हो।















