अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ । हिजो बढेको युरो, पाउन्ड र अस्ट्रेलियन डलरको मूल्य आज पनि बढेको हो ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०३ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८७ पैसा थियो ।

त्यसैगरि आज युरो एकको खरिददर १५९ रुपैयाँ ४९ र बिक्रीदर १६० रुपैयाँ १८ पैसा छ । हिजो युरो एकको खरिददर १५९ रुपैयाँ ३६ र बिक्रीदर १६० रुपैयाँ ०५ पैसा थियो ।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८७ रुपैयाँ र बिक्रीदर १८७ रुपैयाँ ८२ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७३ पैसा थियो ।

त्यसैगरि अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६६ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४० पैसा र बिक्रीदर ८९ रुपैयाँ ७९ पैसा थियो ।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ३० पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४५० रुपैयाँ ९२ पैसा थियो । आज बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६५ रुपैयाँ ९८ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ६१ पैसा थियो ।

  • १२ असार २०८२, बिहीबार ०७:०७ प्रकाशित