आज सेयर बजार ‘स्थिर’

केन्द्रभाग मिडिया

काठमाडौँ ।

साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा स्थिर देखिएको छ । आज नेप्से परिसूचक ०.२२ अङ्कको झिनो गिरावटसहित २६००.५३ को विन्दुमा पुगेर बन्द भएको हो ।

आज बजारमा बिक्रीको चाप बढी देखिएको छ। दिनभरको कारोबारमा कुल २४९ कम्पनीका ३१६ स्क्रिपको सेयर किनबेच भएको छ । त्यसमध्ये १०७ कम्पनीको मूल्य बढेको छ भने १४२ कम्पनीको मूल्यमा गिरावट आएको छ ।

मंगलबार बजारमा कुल ५ अर्ब ७६ करोड ७८ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। दिनभरमा कुल १ करोड ३८ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

कारोबार रकम भने अघिल्लो साता उत्साहजनक रहेको कारोबार रकम घट्दै अहिले ५ अर्बको रेञ्जमा झरेको हो ।

  • १० असार २०८२, मंगलवार १६:१६ प्रकाशित