काठमाडौँ ।
नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले बुधबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको जानकारी दिए ।
बैठकमा आगामी भदौमा तोकिएको दोस्रो विधान महाधिवेशनको तयारीलगायतका विषयमा छलफल हुने छ । एमालेले दोस्रो विधान महाधिवेशन आगामी भदौ तेस्रो सातामा गर्ने निर्णय गरेको छ ।














