आज सेयर बजारमा ४ अंकको सुधार

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार ४ अंकको सुधार आएको छ । गत साता मंगलबारदेखि निरन्तर घटेको नेप्से सोमबार बढेको हो ।

सोमबार नेप्से परिसूचकमा सुधार आए पनि कारोबार रकममा भने कमी आएको छ । कारोबार सुरु हुँदा २५९५.९७ अंकमा रहेको नेप्से बन्द हुँदा ४.७८ अंकले बढेर २६००.७६ अंकमा पुगेको छ । सोमबार नेप्से सूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि बढेको छ ।

नेप्सेमा कारोबार भएका १ सय २३ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय २४ कम्पनीको मूल्य घटेको छ । साथै, बैंक तथा फाइनान्स कम्पनीको सेयर मूल्यमा सुधार आएपछि त्यसको सकारात्मक प्रभाव समग्र नेप्से सूचकमा देखिएको हो ।

सोमबार नेप्सेमा ३ सय २५ कम्पनीको ७० हजार ८ सय कारोबारबाट ६ अर्ब ४७ करोड रुपैयाँ बारबरको १ करोड ७५ लाख ८७ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।

सोमबारको कारोबार रकम आइतबारको तुलनामा करिब ३ अर्बले थोरै हो । आइतबार नेप्सेमा ९ अर्ब १४ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको थियो ।

  • ९ असार २०८२, सोमबार १७:०२ प्रकाशित