काठमाडौँ ।
साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च गिरावट आएको छ । उच्च कारोबार रकमका बाबजुद बजारमा बिक्री चाप हाबी हुँदा नेप्से परिसूचक ३२.१६ अङ्कले घटेर २५९६.७४ विन्दुमा बन्द भएको हो।
करिब ३ महिनापछि बजार फेरि २६ सयबाट तल झरेको हो । यसअघि मार्च २५ मा बजार सो विन्दुबाट उकालो लागेको थियो । परिसूचकसँगै आज कारोबार समेत घटेको छ । अघिल्लो दिन १० अर्ब बढीको कारोबार भएको नेप्सेमा कुल ९ अर्ब १४ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
आज दिनभरमा ८७ हजार ३०२ वटा कारोबारमार्फत२ करोड १५ लाख ४७ हजार ५५ कित्ता सेयर खरिदबिक्री भएका छन् ।















