पोखरा ।
आज अमेरिकी डलर, युरो, अस्ट्रेलियन डलर, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ । शनिबार भने कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको थियो भने अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको मूल्य बढेको थियो ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुासार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा छ । हिजो पनि अमेरिकी डलरको कारोबार यही मूल्यमा भएको थियो ।
गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो । नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो ।
त्यसैगरि आज युरो एकको खरिददर १५९ रुपैयाँ २० र बिक्रीदर १५९ रुपैयाँ ८९ पैसा छ । त्यस्तै आज पाउन्ड एकको खरिददर १८६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३२ पैसा छ ।
त्यसैगरि अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९० रुपैयाँ ०३ पैसा छ । त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५१ रुपैयाँ ४० पैसा र बिक्रीदर ४५३ रुपैयाँ ३६ पैसा छ । आज बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६८ रुपैयाँ १३ पैसा छ ।















