डोटीमा बोलेरो जिप दुर्घटना : दुई जनाको घटनास्थलमै ज्यान गयो

केन्द्रभाग मिडिया

डोटी ।

डोटीमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ। डोटीको आदर्श गाउँपालिका –१ मौवामा जिप दुर्घटना हुदाँ दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

जिपमा ८ जना सवारमध्ये दुई जनाको मृत्यु भएको हो । ६ जना घाइते भएका छन्। त्यसमध्ये ३ जना गम्भीर घाइते भएका छन् । तीन जनाको मौवामै उपचार भइरहेको छ भने केहीलाई डडेलधुरा पठाइएको छ ।

  • ६ असार २०८२, शुक्रबार १४:५४ प्रकाशित