काठमाडौँ ।
रास्वपाले स्याङ्जामा कांग्रेसबाट निर्वाचित वडाध्यक्षले आफ्ना दुई नेतामाथि आक्रमण गरेको भन्दै सदनमा कुरा उठाएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद हरि ढकालले यो विषय उठाएका हुन् । दुई दिनअघि आँधीखोला संरक्षण अभियान चलाएका रास्वपा केन्द्रीय सदस्य मेघ आले र केन्द्रीय नेतृत्व क्षमता विकास विभागका सदस्य दिनकर नेपालमाथि रड प्रहार भएको थियो ।
रास्वपाले घटनाको विरोध गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ । सो धारणा राखेपछि रास्वपाले बैठकमा अवरोध सुरु गरेका थियो ।













