दलित युवालाई सीप सिकाउँदै तमानखोला गाउँपालिका

केन्द्रभाग मिडिया

बागलुङको तमानखोला गाउँपालिकाले दलित समुदायका युवालाई आयआर्जनसँग जोड्न बाँसका सामग्री बनाउने तालिम दिन थालेको छ । गाउँमा पाइने बाँस तथा निगालेलाई उपयोग गरी युवालाई उद्यमी बनाउने उद्देश्यले तालिम दिन थालिएको हो ।

उच्च पहाडी क्षेत्रमा पर्ने तमानखोलामा पर्याप्त बाँस तथा निगालो पाइने हुँदा तालिमबाट सीप सिकेर त्यसलाई आयआर्जनको माध्यम बनाउन सकिने छ । बुढापाकाले वषौँदेखि परम्परागत रुपमा ढालो, नाङ्लो, डोरी लगायत सामग्री बनाएर प्रयोग गर्दै आए पनि बिक्री कम हुँदै आएको थियो ।

बजारमा बिक्ने सामग्री निर्माण गरेर युवालाई उद्यमी बनाउने उद्देश्यले तालिम दिइरहेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए। पालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको चार लाख ७५ हजारले युवालाई तालिम दिएको उनले जानकारी दिए।

  • ४ असार २०८२, बुधबार १५:५७ प्रकाशित