काठमाडौं ।
फेसबुकमा लामो स्टाटस लेखेर अलबिदा भन्दै सम्पर्कबिहीन बनेका डा। केशव श्रेष्ठ भेटिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले डा. श्रेष्ठलाई भेटेको हो । उनलाई तार्केश्वर नगरपालिका – ३ स्थित श्रिनाथ वुटिक रिसोर्टमा भेटिएको परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए ।
फेसबुकमा लामो स्टाटस लेखेर उनी सम्पर्कबिहिन भएपछि प्रहरीले खोजी तिव्र पारेको थियो ।














