सुनको मूल्य बढ्यो, आज कति छ तोलाको ?

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली बजारमा आइतबार सुनको मूल्य थप बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आइतबार बढेर तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको हो ।

यस्तै छापावाल सुन प्रति १० ग्राम तोलामा १ लाख ६९ हजार ३२५ रुपैयाँ कायम भएको छ ।यसैबिच चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि स्थिर रहेको हो ।

  • १ असार २०८२, आईतवार ११:५० प्रकाशित