काठमाडौं ।
साताको अन्तिम कारोबारको दिन सेयर बजार ९.०८ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६५५ अंकमा कायम भएको छ । नेप्से परिसूचक घट्दा पनि कारोबार रकम उल्लेख्य बढेको छ । अघिल्लो दिन ९ अर्ब ९० करोडको कारोबार भएकोमा आज १२ अर्ब ५१ करोडको भएको छ ।
९९ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो ।















