पोखरा ।
आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा थियो ।
त्यसैगरि आज युरो एकको खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७० पैसा छ । हिजो युरो एकको खरिददर १५६ रुपैयाँ १५ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८४ पैसा थियो ।
त्यस्तै आज पाउन्ड एकको खरिददर १८४ रुपैयाँ १० पैसा र बिक्रीदर १८४ रुपैयाँ ९१ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८५ रुपैयाँ २८ पैसा थियो । त्यसैगरि अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८९ रुपैयाँ २० पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४५ पैसा थियो ।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४४७ रुपैयाँ ६९ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ३२ पैसा थियो । आज बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ६० पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ०६ पैसा थियो ।















