आज नेप्सेमा दोहोरो अङ्कको गिरावट

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सेयर बजार परिसूचक (नेप्से) दोहोरो अङ्कले घटेको छ। बुधबार बजार परिसूचक १३.६९ अङ्कले घटेर २,६६४.४७ बिन्दुमा बन्द भएको छ, जुन ०‍.५१ प्रतिशतको गिरावट हो ।

बजार घटेपनि कारोबार रकम भने अघिल्लो दिनभन्दा सामान्य बढेको छ । दिनभर बजारमा कुल २४४ वटा कम्पनी र ३०७ वटा स्क्रिपको २ करोड २० लाख ७५ हजार कित्ताभन्दा बढी सेयर किनबेच हुँदा ९ अर्ब ९० करोड ७० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।

आज कारोबारमा आएका कम्पनीहरूमध्ये अधिकांशको सेयर मूल्यमा गिरावट आएको छ। कुल १७० कम्पनीको सेयर मूल्य घट्दा जम्मा ७७ कम्पनीको मूल्य बढेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ

  • २८ जेष्ठ २०८२, बुधबार १६:०१ प्रकाशित