पोखरा ।
पोखरा महानगरपालिका वडा नं १५ मा मादल बजाउने तालिम सुरु भएको छ । ८ दिनसम्म चल्ने सीप विकास सम्बन्धी सो तालिमको पोखरा महानगरका प्रमुख धनराज आचार्यले एक कार्यक्रमका बीच शनिबार शुभारम्भ गरेका हुन् ।
तालिम उद्घाटन गर्दै महानगर प्रमुख आचार्यले नेपालको मौलिक बाजा मादल बजाउन देख्दा सामान्य भएपनि यसको महत्व धेरै नै रहेको बताए ।
उनले मादल बजाउने सीपलाई आयाआर्जसंग जोड्नपनि सकिने धारणा राखे । भौतिक विकास मात्र विकास नभएर यस्ताखालका सीप सिक्दा समाज र समुदाय नै सांस्कृतिक रुपमा धनी बन्ने समेत उनले बताए ।
वडा नम्बर १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले महिला सशक्तीकरण तथा सीप विकासका लागि तालिमको आयोजना गरिएको बताए । उनले वडाले भौतिक पूर्वाधार निर्माण संगसंगै महिला सशक्तिकरणका कार्यक्रमलाई पनि आगडि बढाएको धारणा राखे । तालिममा पोखरा महानगरपालिका वडा नं. १५ का महिला दिदीबहिनीहरुको सहभागिता छ ।
















