काठमाडौं ।
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् । हाल कामु सिइओको रूपमा रहेको ज्ञवालीलाई बिहीबार बसेको सञ्चालक समिति बैठकले सिइओमा नियुक्त गरेको हो ।
उनी नबिल बैंकमै नायव प्रमुख कार्यकारी अधिकृत हुँदै कायममुकायम प्रमुख कार्यकारी अधिकृत बनेका हुन् । दुई दशकदेखि बैंकिङ क्षेत्रमा रहेका ज्ञवाली चार्टर्ड एकाउन्टेन्ट समेत हुन् ।
यसअघि बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुंगाना थिए । उनले चैतमा नै राजीनामा दिएका थिए ।















