आन्दोलन नछाडेसम्म राजावादी नेताहरुलाई पीएसओ नदिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

राजावादी नेताहरुले आन्दोलन नछाडेसम्म पीएसओ ९अंगरक्षक० नपाउने भएका छन् ।

राजसंस्था र हिन्दुराज्य पुनर्स्थापनाको मागसहित आन्दोलन थालेपछि सरकारले राजावादी नेताहरुको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी फिर्ता गरेको थियो ।

बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था सुशासन समितिको बैठकमा राप्रपा नेता बुद्धिमान तामाङले अंगरक्षक फिर्ता बोलाउनुपर्नाको कारणबारे गृहमन्त्री रमेश लेखकलाई सोधेका थिए । त्यसपछि मन्त्री रमेश लेखकले राजावादीहरुको आन्दोलन रोकिए नेताहरुको अंगरक्षक पुनः खटाइने बताए ।

  • २१ जेष्ठ २०८२, बुधबार १२:५३ प्रकाशित