प्रतिगामीहरूले अराजकता मच्चाउन लागे : प्रधानमन्त्री ओली

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणपन्थी प्रतिगामी, अराजक तत्त्वहरू मिलेर अहिले देशमा अस्तव्यस्तता, अराजकता खडा गर्ने र सरकारलाई असफल गर्ने प्रयासमा लागेको बताएका छन् ।

सोमबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्ता प्रवृत्तिका तत्त्वहरूले सरकारका राम्रा काम नदेखेको बताए ।

‘दक्षिणपन्थी, प्रतिगामी, अराजक तत्त्वहरू मिलेर नै अहिले देशमा अस्तव्यस्तता, अराजकता खडा गर्ने र सरकारलाई असफल गर्ने प्रयास गरिरहेका छन्’, प्रधानमन्त्री समेत रहेको ओलीले भने, ‘ती घण्टाकर्ण हुन् ।’

उनले १० महिनायता सरकारले बिग्रिएको देशको स्थितिलाई सुधारततर्फ लगिरहेको भन्दै मुलुकलाई सकारात्मक ढङ्गले अघि बढाउने प्रयास भइरहेको बताए । उनले धेरै बिग्रिएको हुनाले एकैपटक सपार्न समय लाग्ने बताए ।

 

  • १९ जेष्ठ २०८२, सोमबार १४:५२ प्रकाशित