पोखरामा अलपत्र ५६४ यात्रुलाई स्कर्टिङ मार्फत् गन्तव्यमा पठाइयो

केन्द्रभाग मिडिया

पोखरा।

पोखरामा अलपत्र परेका यात्रुलाई कास्की प्रहरीले स्कर्टिङ गरेर गन्तव्यमा पठाएको छ ।

पोखराबाट गन्तव्यमा जान नपाएका ५६४ यात्रुलाई कास्कीका डीएसपी हरिबहादुर बस्नेतको कमान्डको टोलीले गन्तव्यमा पठाएको हो ।बस्नेतका साथै सशस्त्र प्रहरी बल नेपाल नं २४ गण हेडक्वाटर कालिकाबाट खटिएको टोलीले यात्रुलाई गन्तव्यमा पठाएको छ ।

पोखराको पर्यटक बसपार्कबाट १४ वटा सवारीसाधन काठमाडौं र ३ वटा चितवन गरी १७ वटा सवारीमार्फत यात्रुलाई गन्तव्यमा पठाइएको प्रहरीले बताएको छ ।

  • १९ जेष्ठ २०८२, सोमबार १३:४० प्रकाशित