कांग्रेसका प्रदेश सभापतिले मागे केन्द्रसंग अधिकार, यस्ता छन् माग

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली काँग्रेसका प्रदेश सभापतिहरूले आफुहरुको वरियता केन्द्रीय सदस्य भन्दा अघि हुनुपर्ने माग गरेका छन् । हिजो सोमबार सातै प्रदेशका सभापतिहरुले केन्द्रीय सभापति शेरबहादर देउवासमक्ष पत्र बुझाउँदै सो माग राखे हुन् ।

पछिल्लो समय सभापति देउवाले केन्द्रीय सदस्यको वरीयता मिलाएका छन् । यसै क्रममा सभापतिको वरियता पनि टुंग्याउन उनीहरुले माग गरेका हुन् ।

उनीहरुले भनेका छन्, ‘हामी प्रदेश सभापति ७ जना मात्र छौँ । हाम्रो वरियता केन्द्रीय सदस्यको भन्दा अगाडि हुनुपर्छ भन्ने हाम्रो माग हो । पार्टीमा १६८ जना केन्द्रीय सदस्य छन् । उनीहरूभन्दा हाम्रो वरियता तल हुने कुरा त भएन नि !’

यस्तै उनीहरुले पार्टी विधान संशोधन गरेर अधिकार बढाउन माग गरेका छन् ।केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुने वैधानिक व्यवस्था र प्रदेश सांसदको लेबी सम्बन्धी प्रदेश कार्यसमितिको खातामा बुझाउने प्रक्रिया मिलाइदिन प्रदेश सभापतिहरूको माग छ ।

  • २० पुष २०७८, मंगलवार १४:५२ प्रकाशित