कमल थापा पक्राउबारे लिङ्देनको आपत्ति : भने,‘रिहा नगरे आन्दोलन थप सशक्त बनाउँछौँ’

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आपत्ति जनाएका छन् ।

आइतबार नारायणचौरमा भएको राजावादी प्रदर्शन बालुवाटारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले राप्रपा नेपालका अध्यक्ष थापासहितका नेताहरूलाई पक्राउ गरेको हो ।

उनी पक्राउ परेपछि राजावादीहरूले तत्काल थापालाई रिहा गर्न माग गरेका छन् ।प्रदर्शनस्थलमै बोल्दै राप्रपाका अध्यक्ष लिङ्देनले थापालाई तत्काल रिहा नगरिए आन्दोलन सोमबारदेखि थप सशक्त बनाइने चेतावनी दिए ।

उनले सरकारले धरपकडको नीति लिएको भन्दै आक्रोश समेत पोखे ।

  • १८ जेष्ठ २०८२, आईतवार १६:०२ प्रकाशित