यस वर्षको मनसुन नेपाल भित्रियो

केन्द्रभाग मिडिया

rain flows down from a roof down

काठमाडौं ।

यस वर्षको मनसुन नेपाल भित्रिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार रातिदेखि नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू-भागमा विस्तार भइसकेको छ ।

महाशाखाले शुक्रबार बुलेटिन जारी गर्दै कोशी प्रदेशका अधिकांश मौसम केन्द्रहरूमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको जनाएको छ । यस वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने र क्षति पुग्ने पूर्वानुमान गरिएअनुसार पूर्वतयारीका लागि कार्ययोजना पारित गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले बताएका छन् ।

प्राधिकरणले यो वर्ष मनसुन्जन्य विपद्‌बाट देशैभरि करिब ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने आकलन गरेको छ । जसमा कुल जनसंख्याको आधाभन्दा बढी अर्थात् १० लाख २९ हजार जना ९५२ प्रतिशत० महिला प्रभावित हुने आकलन गरिएको छ भने प्रभावित हुने पुरुषको जनसंख्या ९ लाख ६९ हजार जना छ ।

  • १६ जेष्ठ २०८२, शुक्रबार १७:०२ प्रकाशित